शिक्षामन्त्री महावीर पुनको राजीनामा, चुनाव लड्ने तयारी
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिनुभएको छ ।
प्रतिनिधि सभा चुनावमा उम्मेदवार बन्न मन्त्री पुनले राजीनामा दिनुभएको हो । आज उम्मेदवारी मनोनयनको दिन भएपनि निर्वाचन क्षेत्र सार्वजनिक गर्नुभएको छैन ।
प्रतिनिधि सभा निर्वाचन गराउने जिम्मा पाएको सुशीला कार्की सरकारका दुई मन्त्री ( बब्लु गुप्ता, जगदीश खरेल)ले मंगलबार नै राजीनामा दिएर चुनावी अभियानमा होमिनुभएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
















तपाईको प्रतिक्रिया