Thursday, 22 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनिर्वाचनलाई भयरहित र निष्पक्ष बनाइन्छ : प्रहरी महानिरीक्षक कार्की 

निर्वाचनलाई भयरहित र निष्पक्ष बनाइन्छ : प्रहरी महानिरीक्षक कार्की 


काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गरिने बताउनुभएको छ ।

नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा निर्देशन जारी गर्दै आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयको रणनीति सार्वजनिक गर्नुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आपराधिक गतिविधिको सूचना सङ्कलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोड दिनुभएको छ ।

प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले समेत कार्यस्थलमा खटिने कर्मचारीलाई परिस्थितिअनुरुप चल्न अनुरोध गर्नुभएको छ । Photo- Nepal Police Fb



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ