काठमाडौं । लैनचौर सहिद पार्कमा सहिदहरूको सम्मानस्वरूप सहिद दिवस मनाइएको छ ।

देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा स्वरूप विभिन्न कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँएको हो । आजको दिन शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

सहिद दिवसको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहेको छ । सरकारले सहिद दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी सहिद दिवस मनाउने परम्परा छ ।

हरेक वर्ष सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना हुने गरेको छ । जसले निरन्तरता पाउदै आएको छ । Photo- NPL
















तपाईको प्रतिक्रिया