Thursday, 29 January 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalशान्ति सुरक्षा बिथोल्न खोज्नेलाई कडाभन्दा कडा कारबाही : गृहमन्त्री अर्याल

शान्ति सुरक्षा बिथोल्न खोज्नेलाई कडाभन्दा कडा कारबाही : गृहमन्त्री अर्याल


काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फागुन २१ गते हुने निर्वाचनको तयारीबारे छलफल भएको छ ।

भेटवार्तामा गृहमन्त्रीले अर्यालले निर्वाचन सुरक्षा र शान्ति सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त बनाउन सरकारसँग आग्रह गर्दै आएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले छलफलमा गृहमन्त्री अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिएकाे बताउनुभयो । शान्ति सुरक्षा बिथोल्न खोज्ने जोकोहीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता गृहमन्त्री अर्यालको रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ