Tuesday, 3 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsआन्तरिक र बाह्य पर्यटक लोभ्याउने पोखराको पुम्दिकोट

आन्तरिक र बाह्य पर्यटक लोभ्याउने पोखराको पुम्दिकोट


काठमाडौं । पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ आन्तरिक र बाह्य पर्यटक लोभ्याउने स्थल बनेको छ ।

पछिल्लो समय पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रुपमा लोकप्रिय बनेको छ । पुम्दिकोटमा भगवान शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएका हुन । करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका संरचना देख्न सकिन्छ ।

पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न सकिन्छ । पुम्दीकोटमा दिनहुँ हजारौं पर्यटक पुग्नेगरेका छन् । Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ