Thursday, 5 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalरास्वपा सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवनमा

रास्वपा सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवनमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्र चितवन पुग्नुभएको छ ।

बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भरतपुर पुग्नुभएका लामिछाने चितवनकै लंकु लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गरेर भरतपुरस्थित विशालचोकमा रहेको घरमा पुग्नुभएको छ । तेश्रोपटक चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार बन्नुभएका लामिछाने शुक्रबारबाट फागुन २१ को निर्वाचनको चुनावी गतिबिधिमा केन्द्रीत हुने बताइएको छ ।

माघ ५ गते जनकपुरको कार्यक्रममा सहभागी हुँदामा खुट्टामा लागेको चोटको संक्रमण फैलिएपछि राूस्वपा सभापति लामिछाने केही समय काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । अस्पतालबाट निस्किएर काठमाडौंस्थित घरमै आराम गर्नुभएका लामिछाने अब निरन्तर चुनावी अभियानमा लाग्ने सचिवालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ