Thursday, 5 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalटी–२० विश्वकप तयारी : नेपालसँग क्यानडा पराजित

टी–२० विश्वकप तयारी : नेपालसँग क्यानडा पराजित


काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथी ६ विकेटको जित हात पारेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम मैदानमा भएको खेलमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले विकेटकिपर आसिफ शेखको अर्धशतकीय इनिङ्सको बलमा ४ विकेट गुमाएर १८ ओभरमै पुरा गरेर जित निकालेको हो । शेख २९ बल खेलेर ५८ रनमा रिटायर्ड आउट हुँदा सन्दीप जोराले ४४ रन, गुलशन झाले ३१ रनको योगदान दिए । बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले एक–एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ थालेको क्यानडाले २० ओभरमा ६ विकेटको क्षतिमा १६१ रन जोड्यो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोड्दा श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिनुभयो । १८ औं ओभरमा २ छक्का र एक चौकासहित आक्रामक ब्याटिङ गर्दै मोव्वाले क्यानडाको लक्ष्य उकास्कुभएको थियो । कन्वरपाल ताथगुरले २५ रन बनाउँदा जास्करन सिंहले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा २१ रनको योगदान दिनुभयो ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिदा कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिनुभयो । नेपालले पहिलो अभ्यास खेलमा यूएईमाथि सात विकेटको जित हात पारेको थियो । Photo – CAN FB



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ