Tuesday, 10 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअस्वस्थ बन्दै काठमाडौं, यस्तो छ वायु गुणस्तर

अस्वस्थ बन्दै काठमाडौं, यस्तो छ वायु गुणस्तर


काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । आज दिउसो एक्यूआईमा मापन गरिएको वाय प्रदूषणले इन्डेक्स (१९३) ले अस्वस्थताको तह नाघ्न  लागेको हो ।

रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज दिउँसोको वायु गुणस्तर इन्डेक्स (एक्यूआई) १९३ रहेको छ । १५० नाघ्नुलाई नै अस्वस्थ मानिन्छ । वायु गुणस्तर सूचकांक अनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० प्राय सबैका लागि अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

काठमाडौं लगायत नेपालका शहरी क्षेत्रमा प्रदुषण उच्च बन्दा जनस्वास्थ्यमा जोखिम बढिरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ