Tuesday, 17 February 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsफागुन २१ को चुनावी चटारो : घरदैलोमा नेता, फकाउदै जनता !

फागुन २१ को चुनावी चटारो : घरदैलोमा नेता, फकाउदै जनता !


काठमाडौं । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पक्षमा मत तान्न राजनीतिक दल र उम्मेदवारहरु यतिबेला घरदैलो अभियानमा छन् । देशभर ३४ सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

निर्वाचन आयोगको कानुनी व्यवस्था अनुसार फागुन ३ गते राती १२ बजेबाट राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार थालेका छन् । १८ गते राती १२ बजेसम्म दल र उम्मेदवारले जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउनेछन् । यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरेर एक करोड ८९ लाख ०३ हजार ६८९ मतदाता निर्वाचनमा सहभागी हुँदैहुनुहुन्छ ।

जेनजी आन्दोलनको बलमा संसद विघटन गरेर कार्यकाल पूरा नहुँदै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति घोषणा गरेको थियो । प्रतिनिधि सभाका २७५ सदस्यहरूमा प्रत्यक्ष निर्वाचन मार्फत १६५ सदस्यहरू र बाँकी ११० सदस्यहरू नेपालको संविधान २०७२मा उल्लेख गरिए अनुसार, दलको बन्द सूचीमा रहेका समानुपाति उम्मेदवारहरूबाट छानिन्छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ