साउथ अष्ट्रेलियास्थित East West rail सेवा बन्द
रेल सेवा पुन: सूचारु हुन कम्तिमा एक साता लाग्ने
काठमाडौं । साउथ अष्ट्रेलिया (South Australia) स्थित East West rail सेवा बन्द भएको छ । आइतबार बिहानको मुसलधारे वर्षाले सडकसँगै विभिन्न स्थानको १०० मिटर लिक बगेपछि रेल सेवा बन्द भएको हो ।
Port Augusta क्षेत्रको McLeay र Bookaloo बिचको भागको ट्याकमा समस्या आएको Australian Rail Track Corporation (ARTC) ले जानकारी दिएको छ । ट्रान्स-अस्ट्रेलियन रेलवेको रूपमा चिनिने यो लाइन पर्थलाई एडिलेड र पूर्वी राज्यहरूसँग जोड्ने प्रमुख मालवाहक मार्ग हो । यसलाई भारतीय-प्रशान्त क्षेत्रले पनि प्रयोग गर्नेगरेको छ । रेल सेवा पुन सूचारु हुन कम्तिमा एक साता लाग्ने बताइएको छ ।
साउथ अष्ट्रेलियाको उत्तरी क्षेत्रमा भारी वर्षा भएर अचानक आएको बाढीले रेलको ट्र्याकका महत्त्वपूर्ण भागहरूसँगै कतिपय सडक सञ्जाल समेत बगाएको छ । बिहानपख एक दर्जनभन्दा बढी मानिसहरू अलपत्र परेको भएपनि अहिलेसम्म मानविय क्षतीको घटना बाहिरिएको छैन ।
















तपाईको प्रतिक्रिया