अष्ट्रेलियाको Barkly र Central Australia क्षेत्रमा भारी वर्षा
ठूलो जोखिम रोक्न अलर्ट जारी
काठमाडौं । अष्ट्रेलियाको Barkly र Central Australia क्षेत्रमा आज राति र भोलि (मंगलबार) बिहान भारी वर्षासँगै आँधीबेहरीको जोखिम बारे अलर्ट जारी गरिएको छ ।
केही दिनदेखिको भारी वर्षाले बार्कली र सेन्टर अष्ट्रेलियाका दर्जनौं सडकहरू बन्द भएका छन् । झरीसँगै आँधीबेहरीको जोखिम जारी रहेपछि अलर्ट जारी गरिएको हो । Central Australia को उत्तरी क्षेत्रभरि यातायात र मालसामान ढुवानी बन्द भएको छ ।
साउथ अष्ट्रेलिया उत्तर पश्चिम क्षेत्र झरीबाट प्रभावित हुँदा खेतीपातीमा समेत झरीको असर देखिएको छ । ठूलो वर्षासँगै हुनसक्ने, डुबान, बाढीको जोखिम बारे नदितटिय क्षेत्रमा अलर्ट जारी गरेर सचेत गराइएको छ ।
















तपाईको प्रतिक्रिया