मेडिकल व्यवसायी समेत रहनुभएका अभियन्ता दुर्गा प्रसाईँ पक्राउ
काठमाडौं । सामाजिक अभियन्ता समेत रहनुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ पर्नुभएको छ ।
भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएका प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । अनुसन्धानको लागि नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि सर्वोच्च अदालतको आदेशमा फागुन १३ मा प्रसाईं रिहा हुनुभएको थियोे । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले प्रसाईंलाई पक्राउ गर्ने र अदालतको आदेशले छुट्ने भइरहेको छ ।
प्रसाईंबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गर्ने र म्याद लिएर अनुसन्धान गर्ने गरिएको छ ।
















तपाईको प्रतिक्रिया