निर्वाचन आउन ४ दिन बाँकी, सोमबार मध्यरातबाट चुनावी प्रचार/प्रसार बन्द
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तरगत मतदानको दिन आउन ४ दिनमात्रै बाँकी छ ।
निर्वाचनको कानुनी व्यवस्था अनुसार सोमवार राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ । यो अवधिमा चुनावी प्रचारका कुनैपनि गतिविधि गर्न पाइदैन । बुधबार फागुन २१ गते मतदान हुनेछ । निर्वाचन आयोगले अत्यावश्यक सवारीसाधनहरू पासबिना सञ्चालन गर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।
निर्वाचन आयोगले आजबाट मतदाता शिक्षा लगायतका निर्वाचन गतिविधि पूरा गरेर मतदान व्यवस्थापनको तयारी गरेको छ ।
















तपाईको प्रतिक्रिया