Monday, 9 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalधुम्म आकाश, बढ्यो काठमाडौंमा वायु प्रदूषण

धुम्म आकाश, बढ्यो काठमाडौंमा वायु प्रदूषण


काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्लो ३ दिनदेखि उपत्यकामा आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ ।

लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको बताइएको छ । आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ । यो सँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरमा सूचीकृत भएको छ । एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ ।

विशेषगरी काठमाडौंमा बढिरहेको बायुप्रदूषणले श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभागले सल्लाह दिएको छ। Photo-NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ