Monday, 9 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleकाठमाडौं बन्यो विश्वकै प्रदूषित शहर,यस्तो छ अवस्था ! 

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर,यस्तो छ अवस्था ! 


काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण अत्यधिक जोखिमपूर्ण स्तरमा पुगेको छ।

आईक्यू एयर (IQAir) का अनुसार आज दिउँसो काठमाडौंको वायुमण्डलीय गुणस्तर सूचकांक (AQI) २०१ पुगेको हो । यो  वायुप्रदूषणको ‘अत्यन्तै अस्वस्थ’ अवस्था मानिन्छ । नेपाल अस्वस्थ शहरको पहिलो नम्बरमा छ । एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ । १५० माथि अति जोखिमपूर्ण मानिन्छ ।

विशेषगरी काठमाडौंमा बढिरहेको बायुप्रदूषणले श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने  हुँदा बच्चा, वृद्ध र दीर्घकालीन स्वास्थ्य समस्या भएका व्यक्तिलाई घर बाहिर ननिस्किन वातावरण विभागले आग्रह गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ