मध्यपूर्व संकटको असर : बढ्न थाल्यो अष्ट्रेलियामा इन्धनको मूल्य
अनावश्यक स्टक नराख्न सरकारको आग्रह
काठमाडौं । अष्ट्रेलियामा मध्यपूर्व संकटका कारण इन्धनको मूल्य बढ्दै गएपछि सरकारले पेट्रोलम परार्थ र खानेकुरा हतारमा किनमेल नगर्न आग्रह गरेको छ ।
अष्ट्रेलियाका ट्रान्सपोर्ट (यातायात ) मन्त्री क्याथरीन किङले आपूर्ति पर्याप्त रहेको र आर्थिक असर आउने भए पनि नियन्त्रणमा रहेको जानकारी दिनुभएको हो । उहाँले स्टक राख्ने हतारो नगर्न सचेत गराउनु भएको छ । यता, वेस्टर्न अष्ट्रेलियामा किसानहरूले डिजेल पाउन कठिनाइ भोगिरहेका छन् भने विपक्षी नेताहरूले आपूर्ति सुनिश्चित गर्न सरकार र Australian Competition and Consumer Commission (ACCC) लाई ध्यानाकर्षण गराएका छन्।
सरकारले इन्धन सुरक्षामा पहिलेको तुलनामा बलियो तयारी भएको र आपूर्ति निरन्तर राख्न योजना बनाइएको जनाएको छ ।
















तपाईको प्रतिक्रिया