गुग्लिएल्मो एरेनालाई पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी
काठमाडौं । स्विट्जरल्यान्डका गुग्लिएल्मो एरेना नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको छ ।

आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रशिक्षक एरेनासँग ‘मिट एन्ड ग्रीट’ कार्यक्रम राखेर नेपाली पुरुष फुटबल टोलीको नयाँ प्रशिक्षक बारे जानकारि गराइएको हो । एरेनाको पहिलो जिम्मेवारी मार्च २६ मा दशरथ रंगशालामा हुने नेपाल र हङकङबीचको खेलबाट हुने एन्फाले जानकारि गराएको छ ।
५२ वर्षिय एरेनाले यसअघि लाओसको राष्ट्रिय टिममा काम गर्नुभएको थियो। पछिल्लो समय उहाँ मोरक्कोको क्लब मग्रेब फेजको प्रशिक्षकका रुपमा हुनुहुन्थ्यो । इटालियन प्रशिक्षक एरेना एएफसी प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुनुहुन्छ ।
















तपाईको प्रतिक्रिया