Monday, 16 March 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का एनआरएनए

डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का एनआरएनए


काठमाडौं। केही वर्ष विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा एकढिक्का भएको छ ।

शनिबारदखि काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेर एकताको अधिवेशन सम्पन्न गरेको हो । ‘एकता, लगानी र गौरव’ भन्ने नारासहित काठमाडौँमा शनिबारदेखि जारी महाधिवेशन सम्पन्न बनाउन विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वमा क्रियाशील दुई छुट्टाछुट्टै संघको भूमिका विशेष रह्यो । गत २३ र २४ को जेनजी आन्दोलनपछि  पूर्वअध्यक्षहरूको प्रयासमा दुवै समूह एकता महाधिवेशनका लागि तयार भएर गत मंसिर दोस्रो साता १०बुँदे सहमति भएको थियो ।

अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत नेतृत्व चयन भएको छ । विधान संशोधनको काम टुंगगिएपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ