Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaब्रिजवेनमा टेनिस बल भन्दा ठुलो असिना, १ दर्जन नेपालीको घर र गाडीमा क्षति (भिडियो सहित)

ब्रिजवेनमा टेनिस बल भन्दा ठुलो असिना, १ दर्जन नेपालीको घर र गाडीमा क्षति (भिडियो सहित)


सरल गुरुङ/ब्रिजवेन

सन् २०१४ पछिकै ठुलो असिनापानीका कारण दक्षिणपूर्वी ब्रिजवेनमा ठुलो क्षति भएको छ । झण्डै एक मिनेटसम्म परेको असिनाले ब्रिजवेनको स्प्रिङफिल्ड क्षेत्रमा एक हजारभन्दा बढी घरमा क्षति पुगेको स्थानिय समाचार माध्यमहरुले जनाएका छन् । शनिवार परेको असिनाको आकार १४ सेन्टिरमिटरसम्मको भएको जल तथा मौसम विभागले जनाएको छ । असिनाका कारणले १० हजारभन्दा बढी घरमा बिजुली सेवा अवरुद्ध भएको छ । हालसम्म बिमाका लागि १३ सय ८० वटा निवेदन आइसकेको आरएसिक्युले जनाएको छ । जसमध्ये ९ सय सवारी साधनका लागि छन् भने ४८० घरमा क्षति पुगेको भन्दै बिमाका लागि निवेदन दिइएको आरएसिक्युले जनाएको छ । असिनाले ब्रिजवेनको स्प्रिङफिल्ड, रोजवुड, ग्रिनब्यांक र बोरोनिया हाइटमा बढी क्षति पुगेको छ ।

असिनाले क्षति गरेको नेपालीको घर photo- Saral Gurung

आरएसिक्युका अनुसार ब्रिजवेनमा यस्तै प्रकृतिको असिना पानी सन् २०१४ मा परेको थियो । जसले हजारौ घर र गाडी गरि १ बिलियन डलर भन्दा बढीको क्षति गराएको थियो ।
यसैबिच शनिवार परेको भारी असिनाले त्यस क्षेत्रका एक दर्जन नेपालीको घर र गाडीमा समेत क्षति पुगेको पाइएको छ । नेपालट्युबले प्रभावित क्षेत्रमा गरेको स्थलगत भ्रमणका क्रममा असिनाले क्षति पुगेका नेपालीहरु आइतबार बिहानैदेखि बिमा कम्पनीमा फोन गर्न र टुटेफुटेका सामानहरु सरसफाइ गर्नमा व्यस्त थिए ।
असिनानाले स्प्रिङफिल्ड लेकमा सन्जिब श्रेष्ठको एकतले घरको टायलको छानामा प्वालैप्वाल परेको छ । श्रेष्ठले छानामा प्वाल परेपछि घरभित्र पानी छिरेर झनै धेरै क्षति गराएको बताउनुभयो । असिना आउदा घरभित्र नेपालबाट आउनु भएका बुवाआमा मात्रै रहेको श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै स्थानिय शिरिष गौतमको घर र गाडीमा पनि क्षति पुगेको छ । शिरिषका अनुसार त्यसक्षेत्रमा झण्डै १ दर्जन नेपालीको घर र गाडीमा नराम्रोसंग क्षति पुगेको छ । ‘मैले चिनैकै ४ जनाको घर क्षति भएको छ’ -गौतमले भने -‘सबैभन्दा धेरै क्षति चाहि भोला दाइको घरमा भएको छ ।’
केही नेपालीको घरमा टायलको छानो र छानोपछिको काठ छेडेर असिना घरभित्र पसेको छ । छानामाथी राखिएको सोलार प्यानल पनि फुटेका छन् ।
अष्ट्रेलियामा घरको पनि बिमा गर्ने चलन छ । तर, नेपालीले बिमा भने गर्ने गरेका छैनन् । सिड्नीका रियल स्टेट एजेण्ट बिजय पलले लाखौ डलरमा घर किन्ने नेपालीले दुइ चार सयको बिमा गर्न भने आनाकानी गर्ने गरेको बताउनुभयो । पलका अनुसार कुइन्सल्याण्ड राज्यको ब्रिजवेनमा ५ लाख डलरसम्मको घरको बिमा गर्दा मासिक २ सय डलरसम्म प्रिमियम तिनुपर्छ । कुइन्सल्याण्डमा सामान्य किसिमको बिमाले पनि असिनापानीले पुर्याएको नोक्सानको क्षतिपुर्ती तिरिदिने गरेको पलको भनाई छ ।

भिडियो

https://www.facebook.com/NepaltubeAustralia/videos/736287186972497

 

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ