ओली- लेखक पक्राउ, कहाँ राखिन्छ ?
काठमाडौं । शनिबार बिहान झिसमिसेमै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ ।
जेनजि आयोगको प्रतिवेदन कार्यान्वयन भन्दै पूर्व प्रधानमन्त्री ओली र लेखकलाई हेलचेक्राई गरेर ज्यान लिएको भन्दै फौजदारी कसुरमा पक्राउ गरिएको हो । गृहमन्त्री सुधन गुरूङ रातभर प्रहरी हेडक्वाटरमा बसेर पक्राउको योजना र कागजात तयार गरिएपछि बिहान पक्राउ गरिएको हो ।
जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरिनुभएका ओली र लेखकको स्वास्थ्य परिक्षण लगायतका प्रक्रिया पूरा गरिएपनि म्याद थपपछिको अनुसन्धान आइतबारदेखि अघि बढ्नेछ ।

पक्राउ दुबैलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिनेछ । मानवअधिकारको उच्च सम्मान हुने प्रहरीले बताएको छ । Photo-NPL















तपाईको प्रतिक्रिया