Friday, 3 April 2026
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalसभामुखमा रास्वपा उपसभापति डीपी अर्यालको उम्मेदवारी

सभामुखमा रास्वपा उपसभापति डीपी अर्यालको उम्मेदवारी

सभापति रवि प्रस्तावक


काठमाडौं । सभामुख पदका लागि रास्वपा उपसभापति डीपी अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपा एक्लै १८२ सिटसहित दुई तिहाइ बहुमत नजिक रहेकाले अर्याल सभामुख हुने निश्चित जस्तै छ ।

अर्यालको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य समेत रहनुभएका पार्टी सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानुन मन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहनुभएको छ । संघीय संसद सचिवालयले आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकेको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।

यसरी हुन्छ सभामुखको निर्वाचन
सभामुख पदको निर्वाचनमा चैत २२ गते हुनेछ । सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि सदनमा उम्मेदवारीको सूचना बारे जानकारि गराइनेछ । सामूहिक छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत भएर जेष्ठ सदस्यले सभामुख निर्वाचित भएको घोषणा गर्नुहुनेछ ।

यसपछि सभामुखकको रिक्ततामा जेष्ठ सदस्यमार्फत चल्दै आएको संसद बैंठक सभामुखले सञ्चालन गर्नुहुनेछ । Photo-NPL

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ