Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeHealth-lifestyleनेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ संक्रमितको पहिचान

नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो, एकैदिन १४ संक्रमितको पहिचान


पुण्यप्रसाद धमला, काठमाडौं । नेपालमा शुक्रबार एकैदिन १४ जनामा कोरोना पहिचान भएसँगै संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार एकैदिन उदयपुरमा १२ जना र चितवनमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उदयपुर नगरपालिका ३ स्थित भुल्केमा रहेको मस्जिदमा नयाँ मानिसहरु देखेको भन्दै स्थानीयले खबर गरेपछि स्थानीय प्रशासन र जनप्रतिनिधि समेतको टोली सो स्थानमा पुगेको थियो । दिल्लीबाट आएका १२ जना भारतीय नागरिक तथा मोरङबाट आएका ४ जना नेपालीको र्यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएपनि कोशी अस्पतालमा गरिएको परीक्षणले ८ जनामा कोरोना पोजेटिभ देखाएको थियो । नतिजा प्रमाणिकरका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो सरकारी तथ्यांक अनुसार उदयपुरमा सर्वाधिक धेरै १२ काठमाडौँमा ५, कैलालीमा ४, पर्सामा ३, चितवन र बाग्लुङमा २–२ तथा कञ्चनपुर र रौतहटमा १–१ जना कोरोना संक्रमित पहिचान भएका छन् । ३० मध्ये काठमाडौंमा पहिलो पटक पहिचान भएका एकजना स्वस्थ भएर घर फर्किएका छन् । अहिलेसम्म ७ हजार ७ सय दुईमा कोरोना परिक्षण गरिएकोमा ७ हजार ६ सय ७२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २९ जना कोरोना संक्रमित र ९० जना संकास्पद बिरामी विभिन्न अस्पतालको आईसोलेसनमा उपचाररत छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ