कोरोनाका कारण जागिर गुमाएका नेपाली विद्यार्थीका लागि अष्ट्रेलियामा निशुल्क अनलाईन शिविर
मेलवर्न
कोरोनाका कारण अष्ट्रेलियामा थुप्रै अन्तराष्ट्रिय विद्यार्थीले जागिर गुमाएका छन् । त्यसमा नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य छ ।
तीनै जागिर गुमाएका विद्यार्थीलाई कोरोनाका कारण बद्लिएको अवस्थामा कसरी पुनः जागिरमा फर्कने अवसर पाउने भन्ने विषयमा निशुल्क अनलाईन शिविर आयोजना हुन लागेको छ ।
मेलवर्नमा रहेको टि डब्लु जिजि भिषा एण्ड माईग्रेसन सर्भिसले नेपाली विद्यार्थीका लागि निशुल्क शिविर संचालन गर्न लागेको हो ।
टिडब्लु जिजिले करियर क्लब नामक रिक्रुटमेन्ट संस्थासंग मिलेर शिविर संचालन गर्न लागेको हो ।
शिविरमा तालिम प्राप्त प्रशिक्षकले अहिलेको विषम परिस्थितीका चुनौति, यसको निराकरण र नयाँ परिवेश बारे जानकारी मात्र दिने छैन बरु नयाँ क्षेत्रमा जागिर पाउनका लागि विद्यार्थीलाई योग्य बनाउन सहयोग गर्ने जनाईएको छ । त्यस्तै विद्यार्थीले यो शिविरबाट आफुलाई नयाँ जागिरका लागि थप शसक्त बन्नका लागि रेज्युमिमा सुधार, अन्तरवार्ता र अन्य व्यक्तिगत वृत्तिविकासमा समेत परिमार्जन गर्न सक्नेछन् ।
यो शिविरको शुल्क ३ सय डलर पर्ने भएपनि यो विशेष समयका लागि निशुल्क गरिएको टिडब्लु जिजिका निर्देशक टोनु घोतानेले जानकारी दिनुभयो ।
‘हामी यो विषम घडीमा विद्यार्थीलाई माछा होईन, बल्छी दिएर आफै माछा मार्न सक्ने बनाउन कोसिस गरिरहेका छौ’-घोतानेले भन्नुभयो ।
करियर क्लबले वर्षौदेखि अष्ट्रेलियन बजारको माग अनुसार विद्यार्थीलाई उनीहरुको करियर निर्माणमा सहयोग गर्दै आएको छ ।
टिडब्लु जिजिले आफ्ना ग्राहक र विद्यार्थीका लागि सुरु गरेको यो शिविरमा सहभागी हुन मे १५ भित्रमा याे फारम भरिसक्नुपर्नेछ ।
विद्यार्थीको संख्या अनुसार शिविरको समय र तालिका तय गरिने बताईएको छ ।
तपाईको प्रतिक्रिया