Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको कृषी फार्ममा नेपाली ठेकेदारले नै कुटे नेपाली कामदार, यस्तो छ घटना ।

अष्ट्रेलियाको कृषी फार्ममा नेपाली ठेकेदारले नै कुटे नेपाली कामदार, यस्तो छ घटना ।

सोधिखोजी गर्दा दुइ जनाबिच धकेलाधकेल भएको घलेको दाबी


ब्रिजवेन/सरल गुरुङ

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कृषी फार्ममा फलफुल टिप्न गएका एक नेपाली युवकलाई नेपाली ठेकेदारले नै कुटपि’ट गरेका छन् ।
मेलवर्नमा बस्दै आएका दिपेन्द्र धमलामाथी फलफुल टिप्ने ठेकेदार कम्पनीका संचालक जोन घलले हातपात गरेका हुन् । नेपाल ट्युबसंग कुरा गर्दै दिपेन्द्रले ज्याला कम भएकाले काममा जान नमान्दा ठेकेदारले तथानाम गाली गर्दै मुक्का र लात्ताले हिर्काएको बताउनुभयो । ‘म गत मे २८ तारिख बिहिबार बिहान बिसन्चो भएर सुतिरहेको थिए । ज्याला पनि कम आउने र शरिर पनि थकित भएकाले काममा जान नसक्ने कुरा सुपरभाईजरलाई जानकारी गराइसकेको थिए’- दिपेन्द्रले भन्नुभयो – ‘तर, साढे १० बजेतिर एक्कासी ठेकेदार जोन घले म सुतेको ठाउमा पसेर काममा किन नजाने भन्दै गाली गर्दै मुक्का र लात्तिले हान्न थाल्नुभयो ।’

लात्ति प्रहा’रबाट दिपेन्द्रको तिघ्रामा निल डाम परेको छ । यो घटनाले आफु निकै अपमानित भएको दिपेन्द्रको भनाई छ । घटनाबारे दिपेन्द्रले स्थानिय प्रहरीमा समेत उजुरी गरिसकेका छन् । ‘एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्नेमा उल्टै पेल्न खोज्नु कत्तिको उचित हो’- दिपेन्द्रले प्रश्न गर्नुभयो ।
कोरोनाको कारण आफुले काम गर्ने रेष्टुरेन्ट बन्द भएपछि श्रीमती र भर्खरै जन्मेको दुधे छोरी छाडेर दिपेन्द्र फलफुल टिप्ने कामका लागि मेलवर्नबाट ५ सय ४० किलोमिटर टाढा रहेको मिल्डुरा गएका थिए । एक साथीसंगै दिपेन्द्र गत हप्ता मे २५ तारिखमा मिल्डुरा गएका हुन् । फलफुल टिप्ने काममा राम्रै आम्दानी हुने देखेर त्यता लागेका दिपेन्द्र ६ सय किलो सुन्तला टिप्दा २५ डलर मात्रै आम्दानी हुने भएपछि खिन्न भएका थिए ।

उता दिपेन्द्रमाथी कुट’पिट गरेको आरोप लागेका जोन घले भने कुटपिट नभई सामान्य धकेलाधकेल भएको दावी गर्नुहुन्छ । दिपेन्द्रले अन्तिम समयमा काममा नजाने भनेर जिद्दी गरेपछि सुपर भाईजर जेविन गौतमले टेलिफोन गरि बोलाएकाले सम्झाउनका लागि आफु गएको जोन घलेले दाबी गरे । बिहान साढे १० बजे काम सुरु गर्नुपर्ने भएपनि साढे १० बजेसम्मै दिपेन्द्र सुतेर बसिरहेको घलेको आरोप थियो । के भएको रहेछ भनेर सोधिखोजी गर्दा उल्टै मुखमुखै लागेपछि दुइ जनाबिच धकेलाधकेल भएको घलेको दाबी छ ।
फार्ममा चलेको दर अनुसार नै दिपेन्द्रलाई पनि ६ सय किलो सुन्तला टिपेको २५ डलर ज्याला दिएको घलले दाबी गर्नुभयो । कोरोना लागेका बेला आफुले थुपै्र नेपालीलाई काम दिएर सहयोग गरेको दाबी गर्ने घले आफुले नेपालमा पनि समाजसेवा गरिरहेको बताउनुहुन्छ । १० वर्ष देखि कृषी फाम क्षेत्रमा ठेकेदारी गरिरहेका घलेले आफुसंग अहिले पनि ८० जना भन्दा बढी नेपाली र विभिन्न देशका गरेर २ सय भन्दा बढी कामदार काम गर्ने बताउनुभयो । ‘मैले कुटपिट र कम ज्याला दिने भए अहिलेसम्म यो पेशामा कसरी टिक्थे’ घलेले प्रश्न गर्नुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ