Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा कोरोनाको दोश्रो फेज, सिड्नीबाट क्वीन्सल्याण्ड प्रवेशमा प्रतिबन्ध

अस्ट्रेलियामा कोरोनाको दोश्रो फेज, सिड्नीबाट क्वीन्सल्याण्ड प्रवेशमा प्रतिबन्ध


क्वीन्सल्याण्ड । अस्ट्रेलियाको भीक्टोरिया राज्यमा ठूलो संख्यामा कोरोना संक्रमित पहिचान भएसँगै क्वीन्सल्यान्ड राज्यले ग्रेटर सीड्नीतर्फको सीमा सील गरेको छ ।

बुधबार मात्रै भिक्टोरिया राज्यमा २ सय ९५ जना नयाँ संक्रमित थपिएपछि र मेलबर्नबाट सिड्नी हुँदै क्वीन्सल्याण्ड फर्केकाहरुमा र उनीहरुका कारण समुदायमा कोरोना संक्रमण सरेको पाइएपछि अगस्ट २ अर्थात शनिवार मध्यरातीदेखी सिड्नीबाट क्वीन्सल्यान्ड प्रवेशमा प्रतिवन्ध लगाइएको हो । भिक्टोरिया राज्यका प्रिमियर डेनियल एन्ड्रयुले भौतिक दूरी कायम र आवश्यक स्वास्थ्य सावधानिमा ध्यान नदिएमा अवस्था थप जटि बन्न सक्ने भन्दै लक डाउन बाध्यता भएको जानकारी दिनुभयो । पछिल्लो समय अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा लगातार कोरोना संक्रमित पहिचान भइरहेका छन् ।

पछिल्लो २४ घण्टामा ४ सय १८ संक्रमित थपिएको अस्ट्रेलियाको भिक्टोरिया राज्यमा मात्रै ३ सय ९७ संक्रमण पुष्टि भएको छ । न्यू साउथ वेल्समा १७, नर्थन टेरिटोरीमा २, क्विन्सल्याण्ड र साउथ अस्ट्रेलियामा १ १ संक्रमित थपिएका छन् । तास्मानिया र वेष्टर्न अस्ट्रेलियामा पछिल्लाृ २४ घण्टामा कुनै संक्रमण देखिएको छैन ।

यो समाचार तयार पार्दासम्म अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या १७ हजार २ सय ८२ पुगेको छ भने २०० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । ६ हजार १७६ जनामा कोरोना एक्टिभ देखिदा ४०१ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ ।

photo : ballina advocate



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ