Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअस्ट्रेलियामा कोरोनाको दोश्रो वेभ, मेलवर्न शहरमा कर्फ्यु

अस्ट्रेलियामा कोरोनाको दोश्रो वेभ, मेलवर्न शहरमा कर्फ्यु


अस्ट्रेलिया । कोरोनाको दोस्रो वेभसँग जुधिरहेको अस्ट्रेलियाको मेलवर्न शहरमा आपतकालीन अवस्था घोषणा गर्दै कर्फ्यु आदेश समेत जारी भएको छ । एकै दिन ६ सय भन्दा माथिको संख्यामा कोरोना संक्रमित पहिचान भएपछि स्थानीय सरकारले आपतकाल कोषणा गर्दै कर्फ्यु जारी गरेको हो ।

आइतबार साँझदेखि प्रारम्भ भएको आपतकालीन अवस्थामा मेलबर्नको शहरी इलाकामा रातिको समयमा कर्फ्यू समेत लागू हुने भिक्टोरिया राज्यका सरकार प्रमुख प्रिमियर डेनियल एन्ड्रयुले जानकारी दिए । बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म बिना काम कोही पनि बाहिर निस्कन पाइनेछैन । अत्यन्तै महत्वका विषय र कामको अनुमति हेरेर आवत–जावतको सुविधा दिइएको छ । किनमेल र आवश्यक सरसामान खरिदका लागि पनि बासस्थानको पाँच किलोमिटर दुरीसम्म मात्र अनुमति दिइएको छ । भिक्टोरिया सरकारले सबैखाले मनोरञ्जनात्मक गतिविधिहरूमा निषेध गर्दै प्रतिबन्धहरू आगामी ६ हप्ताका लागि लागू हुने जनाएको छ । भिक्टोरिया राज्यभित्र मात्र हालसम्म लगभग १२ हजार सङ्क्रमित भेटिदा १ सय २३ जनाले ज्यान गुमाएका छन् ।

भिक्टोरियाको मेलवर्न शहर वरपर बसोबास गर्दै आएका कम्तीमा ३० नेपालीलाई पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये दश जना होटलमा र अन्य घरकै क्वारेन्टाइनमा छन् । सबै संक्रमित नेपालीको स्वास्थ अवस्था सामान्य रहेको र आवश्यक सहयोगका लागि एनआरएन भिक्टोरियाले समन्वय गरिरहेको जनाएको छ । दोस्रो वेभसँग जुधिरहेको अस्ट्रेलियाको एनएसडब्लु राज्य सिड्नीमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि राज्य सरकारले नागरिकहरुलाई सुरक्षाका लागि मास्क लगाउन अपिल गरेको छ । हाल सिड्नी वरपरको क्षेत्रमा दिनहुं १५ देखि २० जनाको बीचमा कोरोना संक्रमण पुष्टि हुनेगरेको छ । शनिबार मध्यरातीदेखी नै सिड्नीबाट क्विन्सल्याण्ड प्रवेशमा प्रतिबन्ध लगाइएको थियो ।

Photo :ballina advocate



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ