Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलवर्नमा ३५ जना नेपालीलाई कोरोना पुष्टी , अधिकांश विद्यार्थी

मेलवर्नमा ३५ जना नेपालीलाई कोरोना पुष्टी , अधिकांश विद्यार्थी


मेलवर्न, अष्ट्रेलियाको मेलवर्नमा ३५ जना नेपालीलाई कोरोना लागेको पुष्टी भएको छ । गैर आवासिय नेपाली संघ भिक्टोरियाका संयोजक प्रेम कँडेलले ३५ जना नेपालीलाई कोरोना लागेको पुष्टी गर्नुभएको हो ।

कँडेलका अनुसार सोमबार मात्र थप ४ नेपालीलाई कोरोना लागेको सूचना आएको हो । कोरोना संक्रमण भएका मध्ये अधिकांश विद्यार्थी हुन् । एउटै युनिट र कोठा सेयर गरेर बस्दा विद्यार्थीमा कोरोना जोखिम बढेको हो । एक जनालाई लागेपछि संगै बस्नेहरु पनि डराएको कँडेलले बताउनुभयो । कोरोना संक्रमण हुनेमा एनआरएनए भिक्टोरियाका दुइ जना पदाधिकारी पनि छन् । अरु केही नेपाली पनि सेल्फ आइसोलेसनमा बसिरहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
संक्रमितलाई एनआरएनए भिक्टोरियाले १ सय २० डलर बराबरको खाद्यन्य समेत उपलब्ध गराएको छ । आइसोलेसनमा बसिरहेका नेपालीहरुको स्वास्थ्य सामान्य रहेको कँडेलले बताउनुभयो । यदि स्वास्थ्य समस्या परे एनआरएनएले टेलिफोनबाट नेपाली डाक्टरसंग सम्पर्क गराइदिने व्यवस्था समेत गरेको छ ।
भिक्टोरियामा कोरोना पिसिआर परिक्षण गर्न सरकारले ३ डलर उपलब्ध गराउने भएको छ । त्यस्तै कोरोना पुष्टी भए वा आइसोलेसनमा बस्नु परेमा सरकारले एक पटकलाई १५ सय डलर समेत उपलब्ध गराउनेछ । यो सुविधा विद्यँर्थीले समेत पाउनेछन । यसअघि पनि भिक्टोरियामा ९ जनालाई नेपालीलाई कोरोना लागेको थियो । उनीहरु सबै निको भइसकेका छन् ।

कोरोना रोक्न कफ्र्यु

भिक्टोरियाको मेलवर्नमा कोरोनाको दोस्रो लहर बढ्दै जादा नियन्त्रणका लागि संकटकाल घोषणा गरि ६ हप्ता कफ्र्यु लागू गरिएको छ । आइतबार साझ ८ बजेबाट सुरु चौथो तहको लकडाउनसंगै मेलवर्नमा रातको समयमा कफ्र्यु लगाउन सुरु गरिएको हो ।


साझ ८ बजेदेखि भोली बिहान ५ बजेसम्म कफ्र्यु लाग्नेछ । यो क्रम ६ हप्ता अर्थात सेप्टेम्बर १३ तारिखसम्म जारी रहने बताइएको छ । आइतबार राति मेलवर्नमा ५० लाख बासिन्दा पहिलो कफ्र्यु अनुभव गरेका छन् । भिक्टोरिका प्रिमियर ड्यानियल एन्ड्रयुजले कोरोनासंग जुध्नका लागि चौथ तलको लकडाउन जरुरी भएको बताउनुभयो । लक डाउनको अवधीमा एक दिनमा घरको एक जना मात्रै आवश्यक खाद्यन्य किन्न बाहिर जान पाउनेछन् । मनासिव कारण बिना घरबाट ५ किलोमिटर भन्दा टाढा गएको भेटिए प्रहरीले १० हजार डलरसम्म जरिवाना गर्न सक्नेछ । भिक्टोरियामा मात्रै गत २४ घण्टामा ६ सय ७१ जनालाई कोरोना देखिएको छ भने मुत्युको हुनेको संख्या १ सय २३ पुगेको छ ।


ट्याग : #corona, #Nepali in Australia, #victoria lockdown
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ