Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsगैरआवासीय नेपाली र विदेशी पर्यटकले केही समय अनअराइभल भिसा नपाउने

गैरआवासीय नेपाली र विदेशी पर्यटकले केही समय अनअराइभल भिसा नपाउने


काठमाडौं । सरकारले भदौ एक गतेबाट व्यवसायिक हवाई उडान सुरु गर्ने भने पनि नेपाल आउन चाहने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिइने भएको छ । अगस्ट ६ तारेख बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त बैठकले तत्काल अनअराइभल भिसा नदिने निर्णय गरेको हो ।

नेपाली तथा गैरआवासीय नेपाली र पर्यटकलाई कुन प्रोटोकलका आधारमा नेपाल आउन दिने भन्ने निर्णय भइसकेको छैन । शुक्रबार साँझसम्म गृह र स्वास्थ्य मन्त्रालयका सचिवले १ भदौबाट खुला गरेको हवाई उडान र यसको व्यवस्थापन गर्ने सम्बन्धमा परराष्ट्र र पर्यटन मन्त्रालयलाई मन्त्रालयको प्रस्ताव दिनेछन् । शनिबारसम्म उडान र प्रोटोकलको विषय टुंग्याउने गरी छलफल भइरहेको छ ।

उडान हुने आशमा टिकट काटिसकेका यात्रु, हवाई कम्पनी सञ्चालकको समस्या, मुलुकभित्र फैलिरहेको कोरोना भाइरसको संक्रमण, अर्थतन्त्रलाई चलायमन बनाउनुपर्ने चूनौतीलाई ध्यानमा राख्दै सेफ्टी प्रोटोकल बनाउने र निर्णय लिनेबारे बिहीबार सरोकारवाला चार मन्त्री र सचिवबीच छलफल भएको आधारमै प्रोटोकल बन्ने बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ