Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsउडान मार्फत ४५ हजार नेपाली स्वदेश फर्किए, अस्ट्रेलियाबाट मात्रै १०८७

उडान मार्फत ४५ हजार नेपाली स्वदेश फर्किए, अस्ट्रेलियाबाट मात्रै १०८७


काठमाडौं । कोरोना महामारी सुरू भएयता ४५ हजारभन्दा बढी नेपाली हवाई उडानबाट स्वदेश फर्किएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका अनुसार भारतसहित विश्वका ३० देशबाट उडानमार्फत अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएका हुन् । शुक्रबार मात्र १ हजार १२ जना स्वदेश फर्किएका छन् ।

कुन देशबाट कति स्वदेश फर्किए ?
दुबईबाट १२ हजार १७५, साउदी अरेबियाबाट ६ हजार ९ सय ९७, मलेसियाबाट ६ हजार ६ सय २०, अस्ट्रेलियाबाट १ हजार ८७, अफगानिस्तानबाट ३३, ओमानबाट ४ सय ९२, म्यानमारबाट २६, कुवेतबाट ६ हजार ३ सय २९, जापानबाट १ हजार २३, थाइल्याण्डबाट ३ सय २६, दक्षिण कोरीयाबाट ७ सय २०, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९, सिंगापुरबाट २ सय ९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९ सय ७०, अमेरिकाबाट ४ सय २३, बेलायतबाट २ सय २९, इजरायलबाट १ सय २७, चीनबाट २ सय ८, टर्कीबाट १ सय १०, फिलिपिन्सबाट २ सय १, स्विट्जरल्याण्डबाट १०, दक्षिण सुडानबाट २ सय ५०, भारतबाट ८५, इराकबाट ३९ र श्रीलंकाबाट ५ जना ।

विदेशमा अप्ठ्यारो परेकाहरूलाई सरकारले प्राथमिकताका आधारमा जेठ तेस्रो सातादेखि नेपाल फर्काउन सुरू गरेको थियो । नेपाल फर्किनेमध्ये सबभन्दा धेरै दुबईबाट १२ हजार १ सय ७५ जना र सबभन्दा थोरै श्रीलंकाबाट ५ जना रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ