Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविश्वभर २ करोड २८ लाख बढी कोरोना संक्रमित, एकैदिन थपिए साँढे २ लाख

विश्वभर २ करोड २८ लाख बढी कोरोना संक्रमित, एकैदिन थपिए साँढे २ लाख


एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । एकैदिन २ लाख ६६ हजार ४११ जनामा संक्रमण पुष्टि भएपछि शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २८ लाख ६६ हजार १९८ पुगेको हो ।

यस्तै, एकै दिन थप ६ हजार १८८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९७ हजारबाट उकालो लागेको छ । संक्रमण मृत्युदर अझ पनि बढ्दो क्रममा देखिदा १ करोड ५५ लाख २१ हजार बढी संक्रमण मुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार बढीको मृत्यु भएको छ । उत्तर अमेरिकी मुलुकहरूमा साँढे दुई लाख बढीको मृत्यु हुँदा संक्रमितको संख्या ६७ लाख ८४ हजारबाट उकालो लागेको छ । यस्तै एसियाली मुलुकहरूमा १ लाख २६ हजार बढीको मृत्यु हुँदा संक्रमितको संख्या ६० लाख २४ हजारबाट उकालो लागेको छ । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८३ हजार बढीको मृत्यु हुँदा संक्रमितको संख्या ५५ लाख ७१ हजारबाट उकालो लागेको छ । अफ्रिकी मुलुकहरूमा २७ हजार बढीले ज्यान गुमाउँदा ११ लाख ६२ हजारबढी संक्रमित पहिचान भएका छन् । यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४९० जनाको मृत्युहुँदा २६ हजार ५ बढीमा संक्रमण पहिचान भएको छ ।

भारतमा बिहिबार ६८ हजार ५०७ संक्रमित थपिएका छन् भने एकैदिन ९८१ को मृत्यु भएको छ । भारमा संक्रमितको संख्या २९ लाख ४ हजारबाट उकालो लाग्दा साँढे २१ हजारले कोरोना जितेका छन् । नेपालमा मात्रै कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ भने कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ३० पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ