Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना भाइरसको जोखिम : प्रति एक सेकेण्डमा १५ जनाको मृत्यु

कोरोना भाइरसको जोखिम : प्रति एक सेकेण्डमा १५ जनाको मृत्यु


एजेन्सी, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाले ज्यान गुमाउने गरेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो तथ्य पहिचान भएको हो ।

पछिल्लो अध्ययनको तथ्यले एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ देखाएको छ । कोरोना भाइसर संक्रमण जित्नेहरुको संख्या र जम्मा संक्रमितको संख्या देखाएर मृत्युदर कम देखाइएपनि कोरोनाको जोखिम उच्च रहेको देखिन्छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख ८ हजार नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा १ लाख ८० हजार जनाको जनाको मृत्यु भएको छ । दोश्रो ब्राजिलमा एक लाख १४ हजार बढी र भारतमा ५६ हजार ८ सय बढीको मृत्यु कोरोनाका कारण भएको छ ।

अमेरिका, ब्राजिल, मेक्सिको, भारत र ब्रिटेनमा मृत्युदर उच्च छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ