Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking News१५ हजार नेपालीसहित ४ लाख आप्रबासी अमेरिकाबाट निकालिदै

१५ हजार नेपालीसहित ४ लाख आप्रबासी अमेरिकाबाट निकालिदै


काठमाठौं । अमेरिकाले १५ हजार नेपालीसहित करिब ४ लाख आप्रवासीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय गरेसँगै अब ट्रम्प सरकारले टेम्पोररी प्रोटेक्सन स्टाटस टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने बाटो खुलेको हो ।

संघीय अपिल अदालतले आप्रवासीको टीपीएस सुविधा खारेज गर्ने निर्णय सरकारको क्षेत्राधिकारभित्र रहेर गरेको ठहर गरेको छ । यसरी देश निकाला हुनेमा नेपालसहित, एल साल्भाडोर, हाइटी, निकारागुआ, सुडान र होन्डुराससहितका १० देशका आप्रवासीको संख्या बढी रहेको बताइएको छ । टीपीएस अन्तर्गत अमेरिकामा बसिरहेका आप्रवासीको संख्या करिब ४ लाख आँकलन गरिएको छ । अदालतको पछिल्लो फैशलाले यी सबैलाई अमेरिकाबाट निकाल्न ट्रम्प सरकारलाई बाटो खुलेको छ । आफ्नो देशमा गृहयुद्ध, प्राकृतिक विपत्ति लगायतका कारणले बस्न नसकेको कारण देखाउँदै अमेरिका पुगेका विभिन्न देशका नागरिकलाई अमेरिकामा कानुनी रुपमा बस्न र काम गर्न अनुमति मिल्नेगरि टीपीएसको सुविधा ल्याइएको थियो । यो सुविधाले राष्ट्रिय सुरक्षामा खतरा भएको तथा रोजगारीमा अमेरिकीलाई प्राथमिकता भन्दै ट्रम्प सरकारले यसअघि नै विभिन्न देशका नागरिकले पाएको टीपीएस सुविधा खारेज गर्ने प्रयास गरेपनि कानूनी जटिलता र मुद्दा विचाराधीन रहेका कारण सम्भव भएको थिएन ।

अमेरिकाको नाइन्थ सर्किटको अपिल अदालतले २–१ को बहुमतले करिब ४ लाख आप्रवासीको अमेरिकामा कानुनी रुपमा बस्न पाउने अधिकारलाई खारेज गरिदिएसँगै अब करिब ४ लाख आप्रवासीले आफै अमेरिका नछाडे अमेरिकी सरकारले उनीहरुलाई डिपोर्ट गर्नसमेत सक्नेछ । २०७२ को विनाशकारी भूकम्पपछि अमेरिकाले नेपालीलाई टीपीएस सुविधा दिएका कारण यसको मारमा १५ हजार नेपाली पर्ने देखिएको छ ।

Pic: Donald J Trump Facebook



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ