Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsक्रिस्टियानो रेनाल्डोले हात पारे सर्वाधिक गोलकर्ताको अवार्ड

क्रिस्टियानो रेनाल्डोले हात पारे सर्वाधिक गोलकर्ताको अवार्ड


काठमाडौं, एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड हात पारेका छन् । रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक पनि अवार्डमाथी कब्जा जमाएका हुन् ।

३५ वर्षीय रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए । रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए । पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले सन् २०२० को सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल गरे । १६५ खेलमा शतकीय गोल पुरा गरेका उनी विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी हुन् । उनीभन्दा अघि इरानका अली दाई छन् । जसले १०९ गोल हानेका छन् । २०१९ का विभिन्न अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्डका ह्यारी केन (१९), इंग्ल्यान्डकै रहिम स्टर्लिङ (१७) र पोल्यान्डका रोबर्ट लेवान्डोस्की (१६) गोल गरेका थिए ।

सर्वाधिक गोलकर्ताको आईएफएफएचएस अवार्ड क्लब र देश दुवैको लागि एक क्यालेन्डर वर्षमा अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गर्ने गर्दछ । यसमा महादिपीय प्रतियोगिता (युइएफए च्याम्पियन्स लिग र कोपा लिबर्टाडोरस) का साथै उनीहरुको अन्तर्राष्ट्रिय प्रतियोगितासँगै राष्ट्रिय टोलीबाट गरेको गोललाई गणना गर्ने गरिन्छ । गतवर्ष अल्जेरिया तथा कतारी क्लब अल सादका बागदाद बोउनेदजाहले यो अवार्ड पाएका थिए ।

Photo : Cristiano Ronaldo FB Page



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ