Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजो बाइडेन विशाल जिततर्फ, मत गणना जारी रहेका ५ राज्यमध्ये ४ मा अग्रता

जो बाइडेन विशाल जिततर्फ, मत गणना जारी रहेका ५ राज्यमध्ये ४ मा अग्रता


काठमाडौं, एजेन्सी । २६४ इलेक्टोर भोट प्राप्त गरिसकेका जो बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख देखिएका छन् । ६ इलेक्टोरल भोट भएको नेवाडामा पनि वाइडेनको अग्रता छ ।

राष्ट्रपतिमा निर्वाचित हुन उनलाई ६ इलेक्टोरल भोटको खाँचो रहेका बेला थप दुई राज्यमा अग्रता बनाएपछि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको जित करिब करिब टरेको हो । २० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा समेत बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको बताइएको छ । निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये चार राज्यमा बाइडेनले अग्रता लिएका छन् । १६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिनामा ट्रम्प फराकिलो मतान्तरका साथ अगाडि देखिएपनि यसअघि ट्रम्पले अग्रता लिएको ५० प्रतिशत गणनाबाँकी रहेको अलास्कामा समेत वाइडेनले अग्रता लिएका छन् । बाइडेनले नेभाडाका ६, एरिजोनाका ११, जर्जियाका १६ र पेन्सेल्भेनियाका २० सिटमा विजय हासिल गरे उनले इलेक्टोलर सिटको संख्या ३०६ पुग्नेछ । तर अन्तिम नतिजाका लागि गणना सकिएपछिको परिणाम कुनुपर्नेहुन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ