Friday, 26 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeInternationalअमेरिकी राष्ट्रपति चुनावको मतभेद : ट्रम्प समर्थक र विपक्षीबीच झडप

अमेरिकी राष्ट्रपति चुनावको मतभेद : ट्रम्प समर्थक र विपक्षीबीच झडप


एजेन्सी । चुनावी परिणामका विषयलाई लिएर अमेरिकाका वर्तमान राष्टपति ट्रम्प र नवनिर्वाचित राष्ट्रपति बाइडेन पक्षबीचका र्याली र आन्दोलनहरु अमेरिकामा बढ्न थालेका छन् । आइतबार मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र विपक्षीबीच झडप भएको हो ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा झडपको अवस्था बढ्दो क्रममा देखिएको छ । वाशिङ्टनमा दुई ठूला समूहबीच मूठभेड हुँदा एक जना व्यक्तिलाई छुरा हानिएको जनाइएको छ । ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएको र त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू सहभागि भएकाले झडपको अवस्था देखिएको आँकलन गरिएको छ । राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जितलाई आधारहीन र अमान्य भन्दै आएका छन्। उनले चुनावमा भएको पराजय अस्वीकार गर्दा समर्थनमा र्‍यालीसहितको भीडभाड गर्ने क्रमले निरन्तरता पाएको छ ।

पछिल्लो चुनावी परिणामसँगै विभाजित भएका अमेरिकनहरुको गतिविधिका कारण कोभिड–१९ को संक्रमण समेत अमेरिकामा बढ्दो क्रममा देखिएको छ । तस्वीर : गेट्टी इमेज



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ