Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsफुटबल स्टार डिएगो म्याराडोनाको निधन

फुटबल स्टार डिएगो म्याराडोनाको निधन


काठमाडौं । फुटबल स्टार डिएगो म्याराडोनाको निधन भएको छ । अर्जेन्टिनाका स्टार फुटबलर म्याराडोनाको बिहीबार निधन भएको हो ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका पूर्व मिडफिल्डर तथा म्यानेजर ६० वर्षिया म्याराडोनाको केही दिनअघि मात्र ब्रेन ब्लड क्लटको सर्जरी गरिएको थियो । त्यसपछि समेत उनको अल्कोहल डिपेन्डेन्सीको उपचार भइरहेको थियो । म्याराडोनाको कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

४ सिजनको विश्वकप खेलेका म्याराडोनाले अर्जेन्टिनाका तर्फबाट ३४ गोल गरेका छन् । उनी विश्वकपका ९१ खेलमा सहभागी भएका छन् । म्याराडोनाले बार्सिलोना र नापोली क्लबका लागि पनि खेलेका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ