Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsलिखित धम्की भेटिएपछि बिच आकासबाटै सिड्नी फर्कियाे विमान

लिखित धम्की भेटिएपछि बिच आकासबाटै सिड्नी फर्कियाे विमान


सिड्नी/लिखित धम्की भेटिएपछि मेलवर्नका लागि उडेकाे टाईगर एयरकाे विमान बिच अकासबाटै अचानक सिड्नी फर्किएकाे छ ।

साेमबार साझ सवा सात बजे सिड्नीबाट उडान भरेकाे TT271 कल साईनकाे विमान राति साढे ८ बजे सिड्नी विमानस्थलमा सकुसल अवतरण गरेकाे हाे ।
संभावित जाेखिमकाे मुल्यांकन गर्दै पाईलटले सिड्नी फर्किने निर्णय लिएकाे टाईगर एयरले जनाएकाे छ ।

साेमबार साँझ अचानक सिड्नी विमानस्थल फर्किएकाे टाईगर एयरकाे विमान । तस्विर- सेभेन न्युज

सुरुमा विमानमा बम भएकाे हल्ला चलेपनि पछि लिखित धम्की मात्र रहेकाे प्रहरीले जनाएकाे छ ।
सिड्नी फर्किएकाे विमानकाे यात्रुलाई २ घण्टासम्म विमानभित्रै राखेर जाँच गरिएकाे थियाे ।
अहिलेसम्म यस घटनासंग सम्बन्धित काेही पनि पक्राउ परेका छैनन् ।
टाईगर एयर अष्ट्रेलियाकाे आन्तरिक उडान भर्ने सस्ताे विमान सेवा हाे ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ