Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsविश्व साईकल यात्री पुष्कर शाहका लागि घाेषणा गरिएकाे सहयाेग रकम उठाउन तात्न थाले घाेषणाकर्ता । सकारात्मक संकेत ।

विश्व साईकल यात्री पुष्कर शाहका लागि घाेषणा गरिएकाे सहयाेग रकम उठाउन तात्न थाले घाेषणाकर्ता । सकारात्मक संकेत ।


सरल गुरुङ/सिड्नी

डिसेम्बर ४, विश्व साईकल यात्री पुष्कर शाहका लागि घाेषणा गरिएकाे रकम संकलन गर्न जुट्न थालेका छन्, घाेषणाकर्ता । 

गत सेप्टेम्बरमा सिड्नीमा भएकाे एक कार्यक्रममा शाहका लागि ६० जना मिलेर ५ सयका दरले ३० हजार डलर उठाएर सहयाेग गर्ने प्रतिवद्धता जनाईएकाे थियाे । 

नेपाल फेष्टिवल सिड्नीका सद्भावना दुत समेत रहेका शाहलाई साेही कार्यक्रममा उक्त रकम दिने भनिएकाे थियाे । तर, दुई महिना बितिसक्दा पनि  घाेषणा भएकाे रकम उठ्ने छाटकाट नदेखेपछि शाहले संचारकर्मी र साथीभाईसँग गुनासाे गरेका थिए । 

त्यससम्बन्धी नेपाल ट्युबले खबर प्रकाशन गरेपछि घाेषणाकर्ताले रकम उठाउने कामलाई तिब्रता दिएका छन् । 

घाेषणाकर्ता मध्येका खेम शर्माले जिज्ञासा राखेकै केही समयमा शाहलाई भेटेर ५ सय डलर दिएका छन् । 

त्यस्तै घाेषणाकर्ता मध्येका एक एनएसडब्लु स्टेटका पुर्व संयाेजक समेत रहेका सामाजिक अभियन्ता दिनेश पाेखरेलले पनि सहयाेग रकम जुटाउन भरपुररुपमा काम गर्ने प्रतिवद्धता जनाएका छन् । अरुले नदिएपनि मैले घाेषणा गरेकाे रकम म दिईहाल्छु पाेखरेलकाे भनाईछ । 

त्यसाे त, एनआरएनका सक्रिय युवा तथा स्टुटेण्ट टाक्स फाेर्सका काेमल पाठकले मंगलबार बिहान फेसबुक लाईभ https://www.facebook.com/komalraj.pathak/videos/10215333934756296/ नै गरेर पुष्कर शाहलाई सहयाेग गर्ने प्रतिवद्धता दाेहाेर्याए । 

पुष्कर शाह, पुष्कर शाह फाउण्डेसनका लागि गर्न लागिएकाे गाला डिनरका सक्रिय युवा बद्री क्षेत्रीसँगै भएकाे फेसबुक लाईभमा पाठकले नेपाल फेष्टिभलका कारण केही ढिला भएकाे स्विकारे । त्यसाे त, सहयाेग घाेषणा गर्ने धेरै भएकाले भद्राेगाेल नहाेस् तथा ठाेस याेजना पनि नभएकाले ढिलाई भएकाे पाठककाे भनाई छ । ‘अब पुष्कर शाह फाउन्डेसन बनिसकेकाे छ’ पाठकले भने ‘ यसै बाट अब हामी पैसा उठाउन थाल्नेछाै’। 

लाईभमा डिसेम्बर १३ तारिखमा हुन लागेकाे गाला डिनरमा सहभागी हुन सबैलाई अनुराेध समेत गरिएकाे छ । 

पुष्कर फाण्डेसनलाई सघाउन बद्री क्षेत्रीकाे नेतृत्वमा केही सक्रिय युवा र एनआरएनका सदस्यहरुकाे समेत मिलेर गाला डिनर आयाेजना गरिएकाे छ । 

लाईभमा शाहले अाफ्नाे भावी याेजनाका बारेसमेत जानकारी दिएका थिए । 

पाठककाे फेसबुक लाईभ हेर्नुस् https://www.facebook.com/komalraj.pathak/videos/10215333934756296/

याे पनि पढ्नुस्  https://nepaltube.com.au/archives/60



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ