अष्ट्रेलियामा नेपालमा भन्दा एकदिनपछी लक्ष्मीपूजा, कारण यस्तो !
ब्रिजबेन । अष्ट्रेलियामा नेपालमा भन्दा एकदिनपछि अर्थात अक्टोबर २५ (कार्तिक ८) का दिन लक्ष्मीपूजा गरिने भएको छ । नेपाली हिन्दु समाज अष्ट्रेलियाले लक्ष्मीपूजा र भाइटीकाको साइत सार्वजनिक गर्दै तिथिको थपघटले लक्ष्मी पुजा अक्टोबर २५ साँझ गर्नु उत्तम हुने जानकारि दिएको हो ।
नेपालमा लक्ष्मीपुजा ७ तारेख अर्थात कार्तिक ७ गते गरिनेछ । ज्योतिष शास्त्रका अनुसार लक्ष्मीपूजा मध्य रातमा र सन्ध्याकालमा गर्नुपर्ने हुन्छ । अष्ट्रेलियामा कार्तिक ७ सोमबार वा अक्टोबर २४ मा लक्ष्मीपूजा गर्न मध्यरात अर्थात राती साँढे ११ बजेपछि मात्रै गर्नु उत्तम हुने बताइएको छ । कतिपयले ग्रहणको प्रभाव भन्दै प्रश्न गरेको र तिहारको साइतमा अलमल नहोस भनेर हिन्दु समाजले सार्वजनिक गरेको भिडियो सन्देशमा नेपालमा भन्दा एकदिनपछि त्यो पनि साँझको समयमा लक्ष्मीपुजा उत्तम हुने बताइएको छ ।
नेपाल र भारतमा मात्रै ग्रहणको प्रभाव पर्ने भएकाले अष्ट्रेलियामा खण्डग्रास सूर्यग्रहणको सुतक बार्नुनपर्ने बताइएको छ । तिथिको थपघटले लक्ष्मीपूजा एकदिनपछि सारिएको भएपनि भाइटीकाको साइत भने नेपाल र अष्ट्रेलियामा एकैदिन रहेको छ ।
यस्तो छ अष्ट्रेलियामा राज्य अनुसार लक्ष्मीपूजा र भाइटीकाको साईत
राज्य लक्ष्मीपूजा\२५ अक्टोबर २०२२ भाइटीका\२७ अक्टोबर २०२२
सिड्नी – साँझ ०८ : ०२ बिहान ११ : १५
मेलवर्न – साँझ ०७ : ४५ बिहान ११ : ११
ब्रिजबेन – साँझ ०७ : ४० बिहान ११ : १७
एडीलेट – साँझ ०७ : ३५ बिहान ११ : १२
क्यानबेरा – साँझ ०८ : १७ बिहान ११ : १५
तास्मानिया – साँझ ०७ : ४४ बिहान ११ : २१
पर्थ – साँझ ०८ : २५ बिहान १० : ०७
डार्वीन – साँझ ०६ : ४५ बिहान १० : ०१
तपाईको प्रतिक्रिया