Monday, 17 June 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaटी–२० विश्वकप क्रिकेट : सुपर–८ मा अष्ट्रेलिया र भारत बाहेक अरु कुन–कुन टिम ?

टी–२० विश्वकप क्रिकेट : सुपर–८ मा अष्ट्रेलिया र भारत बाहेक अरु कुन–कुन टिम ?


काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुग्ने सबै टोलीको छिनोफानो भएको छ । सुपर–८ को गु्रप–१ मा भारत,अष्ट्रेलिया,अफगानिस्तान र बंगलादेश परेका छन् । गु्रप–२ मा अमेरिका, इंग्ल्यान्ड, वेष्टइण्डिज र दक्षिण अफ्रिका परेका छन् । सुपर–८ का खेलहरु १९ जुनदेखि २५ जुनसम्म वेष्टइण्डिजमा हुनेछन् ।

यी दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल र फाइनलको रिजरर्भ डे राखिएको छ । सेमिफाइनल र फाइनलको दिन यदि वर्षा भएको खण्डमा अर्कोदिन खेल हुने आईसीसीले जनाएको छ । सेमिफाइनल २७ जुनमा हुनेगरि तालिका तयार पारिएको छ । फाइनल २९ जुनमा हुनेगरि खेल तालिका सार्वजनिक गरिएको छ । समूह ए बाट भारत ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहदा अमेरिका ४ खेलमा ५ अंकका साथ दोस्रो हुँदै अन्तिम ८ मा समेटिएको छ । समूह बी बाट अष्ट्रेलिया ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा रहदा इंग्ल्यान्ड ४ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगेको । समूह सी मा अफगानिस्तान र वेष्टइण्डिजको ६–६ अंक छ । समूह डी मा दक्षिण अफ्रिका ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रहदा बंगलादेश ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रहदै सुपर–८ मा पुगेको छ ।

एकदशकपछि विश्वकपमा, जितविहिन नेपाल
एक दशकपछि विश्वकप क्रिकेट खेलेको नेपाल जित विहिन बन्दै समुह चरणबाटै बाहिरिएको छ । सोमबार सम्पन्न समूह ‘डी’ को अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भयो । बंगलदेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्रै बनायो । नेदरल्यान्ड्ससँग ६ विकेट र दक्षिण अफ्रिकासँग एक रनले नेपाल पराजित भएको थियो । श्रीलंकासँगको खेल वर्षाको कारण रद्द हुँदा पाएको एक अंकसहित नेपालले विश्वकपको अन्त्य गरेको छ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ