Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsघले दम्पत्तिले कोरोना नियन्त्रण गर्न नेपाल सरकारलाई दिए ३ करोड रुपैया

घले दम्पत्तिले कोरोना नियन्त्रण गर्न नेपाल सरकारलाई दिए ३ करोड रुपैया


ब्रिजवेन

अष्ट्रेलियाका अर्बपति दम्पत्ति शेष घले तथा जमुना गुरुङले कोरोना रोकथामका लागि नेपाल सरकारलाई ३ करोड रुपैया सहयोग गरेका छन् ।
आईतबार घले दम्पत्तिले संचालन गरेको एमआईटी फाउण्डेसनमार्फत सहयोग गरेको हो । फाउण्डेसनका पदाधिकारीले एक कार्यक्रमका बिच प्रधानमन्त्री कार्यलयका सचिवलाई चेक हस्तान्तरण गरेका हुन् ।
यो रकमले नेपालमा कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने आशा गरिएकोफाउण्डेनसले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यात्रामा अवरोध भएकाले आफु जान नपाएको भन्दै शेष घलेले भन्नुभयो -‘आशा छ यो रकम नेपाल सरकारले कोरोना नियन्त्रणका लागि परिक्षण, निगरानी र उपचारमा सदुपयोग गर्नेछ ।’
त्यस्तै फाउण्डेशनका अध्यक्ष घलेले कोरोना नियन्त्रणमा नेपाल सरकार र नेपाली जनताले खेलको भूमिकाको प्रशंसा गर्दै यो माहामारीबाट नेपाल र विश्व चाडै मुक्त हुने समेत आशा व्यक्त गर्नुभयो ।
यसअघि घले दम्पत्तिले संचालन गरेको एमआईटी कलेजका विद्यार्थीलाई सहयोग गर्न १० लाख डलरको कोष निर्माण गरिएको छ ।

एमआईटी फाउण्डेसनकाे विज्ञप्ती



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ