NepalTube — जोड्दैछौ अष्ट्रेलियाका नेपाली
Nepal

विश्व रेकर्डबाट चुकेका सन्दिप, टी-२० आई मा छिटो विकेटको शतक पूरा गर्ने दोस्रो बलर

nepaltube

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । सन्दिपले जारी विश्वकपको अन्तिम खेलमा बंगलादेश विरुद्ध २ विकेट लिदै ५४ टी-२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् ।

छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा भने अफगानिस्तानका रसिद खान रहेका छन् । उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दिप दक्षिण अफ्रिकाविरुद्दको खेलमा विकेट लिन चुकेसँगै विश्व रेकर्डबाट पनि रोकिएका थिए ।

सन्दीप टी-२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् । नेपाली टिममा फर्किएका सन्दिप फेरिपनि उत्कृष्ट लयमै देखिएका छन् ।

शेयर:

प्रतिक्रिया दिनुहोस

टिप्पणीहरू लोड हुँदैछ…

सम्बन्धित समाचार