सरकार, जेन जि र राजनीतिक दलबीच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन जि प्रतिनिधिहरू सबै मिलेर देश बनाउनुपर्ने बताउनुभएको छ ।
सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँगै जेन जि प्रतिनिधिसहित आज भएको त्रिपक्षीय वार्तामा प्रधानमन्त्री कार्कीले देश बनाउने सकारात्मक वार्ता पटक पटक हुनुपर्ने बताउनुभएको हो । सबैलाई विचार आदानप्रदान गर्न आग्रह गर्दै देश आफूहरूले नै बनाउने प्रधानमन्त्री कार्कीको जिकिर थियो ।
त्रिपक्षीय वार्तामा जेन जि प्रतिनिधिहरूले आफ्ना मागहरू बारे ध्यानाकर्षण गराएका थिए । तोकिएको मितिमा चुनाव हुनुपर्ने तर आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचारजिरुद्दको कारबाही र सुशासनको अभियान सँगसँगै अगाडि बढ्नुपर्ने जेन जि प्रतिनिधिले माग गरे ।

















तपाईको प्रतिक्रिया