अभियन्ता डा. निकोलस भुसाल पक्राउ !
काठमाडौं । अभियन्ता डा. निकोलस भुसाल पक्राउ पर्नुभएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले भुसाललाई गोरखाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखामा राखिनुभएका भुसालसँग केही बुझ्नुपर्ने देखिएकाले पक्राउ गरिएको भन्ने बाहेक अरु कारण प्रहरीले खुलाएको छैन । जेन जि बिद्रोहको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले अगस्ट ८ र ९ तारिख अर्थात भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ नगरेको भन्दै डा.भुसालले एउटा जेन जि समुहलाई नै सडकमा उतारेर विरोध गर्दै आउनुभएको छ ।
सरकार विरोधी गतिविधि र नागरिक भड्काउने अभिव्यक्तिका कारण प्रहरीले डा. भुसाललाई निगरानीमा राख्दै आएको थियो ।
















तपाईको प्रतिक्रिया