Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १५ देखि विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने । यी राज्यले गर्दैछ स्वागत

डिसेम्बर १५ देखि विदेशी विद्यार्थी अष्ट्रेलिया आउन पाउने । यी राज्यले गर्दैछ स्वागत

अन्य २८ भिषाधारी पनि आउन पाउने


सिड्नी/आउने साता अर्थात डिसेम्बर १५ तारिखदेखि कोरोनाको पुरा खोप लगाएका विदेशी विद्यार्थीहरुले अष्ट्रेलिया प्रवेश पाउने भएका छन् । त्यस्ता भिषा लिइसकेका तथा पुरा खोप लगाएका त्यस्ता विदेशी विद्यार्थीहरुले बिना कुनै पुर्व अनुमति प्रमाणपत्र (एक्जेम्सन) नलिईकनै अष्ट्रेलिया आउन पाउने भएका हुन् । गृह मामिला मन्त्रालयको वेवसाइटमा उपलब्ध जानकारी अनुसार विदेशी विद्यार्थी  लगायत विभिन्न २८ वटा भिषामा भएकाहरुलाई बिना पुर्व अनुमति अष्ट्रेलिया आउन र जान दिइने उल्लेख छ ।

अष्ट्रेलियन सरकारले यसअघि डिसेम्बर १ बाटै यी भिषाधारी पुरा खोप लगाएकाहरुलाई आउन दिने घोषणा गरेको थियो । तर, कोरोनाको नयाँ भेरियन्ट देखिएपछि १५ दिनका लागि यो योजनालाई स्थगित गरेको छ । तर, नयाँ भेरियन्ट त्यत्ति जोखिम नभएको तथा अष्ट्रेलियामा पुरा खोप लगाउनेको संख्या झण्डै ९० प्रतिशत पुग्न लागेकाले सरकारले विद्यार्थी ल्याउने योजनालाई पुन सुचारु गर्न लागेको हो । सरकारको यस्तो निर्णयले बाहिरी देशमा अड्किएका १ लाख ३० हजारभन्दा बढी अन्तरराष्ट्रिय विद्यार्थीलाई शुभ समाचार दिएको छ । विश्वविद्यालयहरुले सरकारको यो निर्णयको स्वागत गरेका छन् । दुबै खोप लगाएकाहरुले विमानमा चढ्नु अघि कोरोना नेगेटिभ भएको प्रमाणपत्र बोक्नुपर्नेछ । आगन्तुक भिषावहाकले राज्य अनुसार क्वारेन्टिनको व्यवस्था समेत गर्नुपर्नेछ । राज्य अनुसार क्वारेन्टिनको व्यवस्था फरक फरक छ ।

कुन कुन राज्यमा आउन पाइन्छ

तत्कालका लागि विद्यार्थीहरु न्यु साउथ वेल्स र भिक्टोरियाले विदेशी विद्यार्थीलाई डिसेम्बर १५ पछि स्वागत गर्ने वेवसाइटमा उल्लेख छ । कुइन्सल्याण्ड र साउथ अष्ट्रेलियाले भने केही हप्तापछि मात्रै विद्यार्थीलाई आउन दिने जनाएको छ ।

विद्यार्थी लगायत यी भिषाधारीहरु पनि आउन पाउने

Subclass 200 – Refugee visa
Subclass 201 – In-country Special Humanitarian visa
Subclass 202 – Global Special Humanitarian visa
Subclass 203 – Emergency Rescue visa
Subclass 204 – Woman at Risk visa
Subclass 300 – Prospective Marriage visa
Subclass 400 – Temporary Work (Short Stay Specialist) visa
Subclass 403 – Temporary Work (International Relations) visa (other streams, including Australian Agriculture Visa stream)
Subclass 407 – Training visa
Subclass 408 – Temporary Activity visa
Subclass 417 – Working Holiday visa
Subclass 449 – Humanitarian Stay (Temporary) visa
Subclass 457 – Temporary Work (Skilled) visa
Subclass 461 – New Zealand Citizen Family Relationship visa
Subclass 462 – Work and Holiday visa
Subclass 476 – Skilled – Recognised Graduate visa
Subclass 482 – Temporary Skill Shortage visa
Subclass 485 – Temporary Graduate visa
Subclass 489 – Skilled – Regional (Provisional) visa
Subclass 491 – Skilled Work Regional (Provisional) visa
Subclass 494 – Skilled Employer Sponsored Regional (Provisional) visa
Subclass 500 – Student visa
Subclass 580 – Student Guardian visa (closed to new applicants)
Subclass 590 – Student Guardian visa
Subclass 785 – Temporary Protection visa
Subclass 790 – Safe Haven Enterprise visa
Subclass 870 – Sponsored Parent (Temporary) visa
Subclass 988 – Maritime Crew visa

Source- Department of home affairs

अष्ट्रेलियाको सिमा खुल्दै, डिसेम्बरबाट विद्यार्थी र दक्ष कामदार आउन पाउने « Nepal Tube Australia



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ