Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाको सिमा खुल्दै, डिसेम्बरबाट विद्यार्थी र दक्ष कामदार आउन पाउने

अष्ट्रेलियाको सिमा खुल्दै, डिसेम्बरबाट विद्यार्थी र दक्ष कामदार आउन पाउने


ब्रिजवेन/झण्डै २० महिनादेखि बन्द रहेको अष्ट्रेलियाको सिमाना डिसेम्बरबाट खुल्ने भएको छ । दुबै खोप लगाउने १६ वर्षभन्दा माथीको संख्या ८५ प्रतिशत कटेसंगै प्रधानमन्त्री स्कट मोरिसनले डिसेम्बर १ देखि कोरोनाको पुरा खोप लगाएका विद्यार्थी, दक्ष कामदार, शरणार्थी, मानविय र वर्किङ होलिडे भिषावहाकलाई अष्ट्रेलिया आउन दिने घोषणा गर्नुभएको हो ।

आज क्यानवेरामा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री मोरिसनले अबको केही महिनामै २ लाख भन्दा बढी यस्ता भिषावहाक अष्ट्रेलिया आउने बताउनुभयो । विद्यार्थी र दक्ष कामदारलाई आउन दिने निर्णयले अष्ट्रेलिया सामान्य अवस्थामा फर्कन कोसे ढुंगा हुने समेत प्रधानमन्त्रीले बताउनुभयो । सरकारको यस्तो निर्णयले बाहिरी देशमा अड्किएका १ लाख ३० हजारभन्दा बढी अन्तरराष्ट्रिय विद्यार्थीलाई शुभ समाचार दिएको छ । विश्वविद्यालयहरुले सरकारको यो निर्णयको स्वागत गरेका छन् ।

दुबै खोप लगाएकाहरुले विमानमा चढ्नु अघि कोरोना नेगेटिभ भएको प्रमाणपत्र बोक्नुपर्नेछ । आगन्तुक भिषावहाकले राज्य अनुसार क्वारेन्टिनको व्यवस्था समेत गर्नुपर्नेछ । न्यु साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरी आउने दुबै खोप लगाएकाहरुले भने क्वारेन्टिन बस्नुपर्दैन । यदपी अन्य राज्यहरुले भने अझै पनि क्वारेन्टिन बस्नुपर्ने नियम लागु गरेका छन् । यससंगै पाइलट योजना अनुसार न्यु साउथ वेल्स र भिक्टोरिया राज्यले केही विद्यार्थीलाई डिसेम्बरको पहिलो साता भित्र्याउने तयारी समेत गरिरहेको छ । न्यु साउथ वेल्सले डिसेम्बर ६ मा पहिलो उडानमार्फत २५० र डिसेम्बर २३ र जनवरीमा अर्को ५ वटा उडानमा विद्यँर्थी ल्याउदै छ । डिसेम्बरबाट विद्यार्थीलाई आउन दिने भएपछि यो पाइलट योजना के हुन्छ भन्ने अझै अस्पष्ट छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ