काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार नेता द्वयले देउवा निवास महाराजगञ्जमा भेटवार्ता गरेका हुन ।
भदौ २३ र २४ गते भएको जेन जि आन्दोलनपछि ओली र देउवाबीच भेटवार्ता भएको थिएन। जेन जि आन्दोलन अघिसम्म एमाले र कांग्रेस मिलेर सरकार चलाएका थिए । जेन जि बिद्रोहको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणासहित तयारी तिब्र बनाएको छ । देश निर्वाचनमा होमिदैगर्दा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको बताइएको छ।
भदौ २४ गते नीजि निवास बूढानीलकण्ठमा सभापति देउवामाथि आक्रमण भएको थियो। देउवा दम्पति सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केको लामै समय भएपनि राजनीतिक भेटघाटमा देखिनुभएको थिएन ।
















तपाईको प्रतिक्रिया