बालुवाटारमा सर्वपक्षीय बैठक, यस्ता छन एजेण्डा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बोलाइएको सर्वपक्षीय बैठक बालुवाटारमा बसेको छ । बालुवाटार बैठकमा राजनीतिक दलका नेता, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतको उपस्थिति रहेको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न भन्दै बोलाइएको बैठकमा निर्वाचन आयोगले तयारी र कार्यतालिका बारे जानकारि गराएको छ । भदौ २३ र २४ को जेन जि बिद्रोहबाट गठन भएको कार्की नेतृत्वको सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेर तयारीलाई तिब्रता दिदैआएको छ । पछिल्लो छलफल निर्वाचनको वातावरण बनाउने प्रक्रियाको निरन्तरता भएको बताइएको छ ।
















तपाईको प्रतिक्रिया