उच्चस्तरीय राजनीतिक वार्ता समितिबाट कांग्रेस र एमाले र नेकपा पार्टी कार्यालय निरीक्षण
काठमाडौं । उच्चस्तरीय राजनीतिक वार्ता समितिले एमाले र कांग्रेस पार्टी कार्यालयको निरीक्षण गरेको छ ।
नेकपा एमालेको पार्टी कार्यालय पुगेर समितिका संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल कुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेल र प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालले संयुक्त रुपमा निरीक्षण गर्नुभएको हो ।

यस्तै आजै समितिले ललितपुरको सानेपा पुगेर नेपाली कांग्रेस पार्टी कार्यालय निरीक्षण गरेको छ ।
सो क्रममाने पाली कांग्रेसका उपसभापति धनराज गुरुङ लगायतका नेताहरुसँग छलफल समेत गरेको छ ।

आजै समितिले नेकपाको कार्यालय पेरिसडाँडा पुगेर निरीक्षण गरेको छ । निरीक्षणपछि नेताहरुसँग छलफल समेत गरेको छ ।

Photo-NPL
















तपाईको प्रतिक्रिया