Tuesday, 23 December 2025
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsमहिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकको अन्तरक्रिया 

महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकको अन्तरक्रिया 


काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आज मिडियासँग अन्तरक्रिया गर्नुभएको छ ।

गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षक नियुक्त हुनुभएका पाठकले अन्तरक्रिया गर्दै टिमलाई सफल बनाउने बताउनुभएको छ । मुख्य प्रशिक्षक पाठकसँग थाइल्यान्ड क्रिकेटमा सात वर्षको प्रशिक्षण अनुभव छ । पाठककै प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो ।

नेपाली महिला टोलीले घरेलु मैदानमै आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दैछ । त्यसअघि अहिले प्रशिक्षण क्याम्प चलिहेको छ । Photo- NPL



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ